बागलुङका प्रजिअसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
बागलुङ, १७ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिका-७, खरेहामा ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल बागलुङका प्रमुख जिल्ला अधिकारी) कुमानसिँह गुरूङसहित पाँच जनाविरूद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टचार मुद्दा दर्ता गरेको छ । भवन निर्माणका नाममा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा […]