बागलुङ, १३ माघ
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार धवलागिरि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छिन् । निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रवाह भएको सेवा देखेर आफू धेरै खुसी भएको बताईन् ।अस्पतालमा सबै रोगको विषेशज्ञ चिकित्सक रहेको तर मानसिक रोग र छाला सम्बन्धी रोगको विषेशज्ञ नभएको आफुले जानकारी पाएकाले काठमाडौं पुग्ने बित्तिकै अस्पतालमा विषेशज्ञ चिकित्सकको व्यवस्था गर्न प्रयास गर्ने बताएकी छिन् ।
साथै उनले सय बेड क्षमताको अस्पताललाई सिटिइभिटी अन्तर्गतको पिसिएल नर्सिङ पढाउनलाई समस्या नभएकाले यसका लागि पनि आफुले सक्ने पहल गर्ने बताइन् ।उनले आफ्नो कार्यकाल छोटो भएकाले स्वस्थ बिमा, मानसिक स्वास्थ्य र मातृशिशु स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको हुदाँ यसको अवस्था बुझ्नको लागि पनि आफू अस्पतालको निरीक्षणमा आएको बताएकी छिन् ।
अरु अस्पतालमा आफुले स्वास्थ्य बीमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने गरेको भएपनि यहाँ स्वास्थ्य बिमाको राम्रो उपभोग भएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन् “यहाँ धेरै राम्रो व्यवस्थापनमा काम भएको रहेछ म यहाँका राम्रा कामलाई अरु ठाउँमा पनि पुर्याउँछु”, मन्त्री शर्माको स्वागतमा अस्पताले आयोजना गरेको स्वागत कार्यक्रमा धवलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. करण तिवारी, जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा, धौलागिरि आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा शरद पन्थीले अस्पताल र कार्यलयले प्रवाह गरेको सेवा र यहाँका समस्याको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मालगायतले जिल्लाको स्वास्थ क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मन्त्री गौतमलाई अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले ज्ञापन पत्र बुभाएका छन् ।