• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

नेपाली कांग्रेसका वडा सभापति अमरबहादुर खड्का रास्वपा प्रवेश

बागलुङ, ४ पुस

नेपाली कांग्रेस बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाग्लुङद्वारा आज आयोजना गरिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको पिन लगाइदिएर खड्कालाई पार्टी प्रवेश गराएका हु्न् ।

अमर खड्कासँगै बाग्लुङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका सहसचिव निरज चन्द ठकुरी लगायत विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको जैमिनी नगरपालिका रास्वपा सभापति राजेन्द्र शर्माले बताए ।