ताराखोलामा पहिरोमा परी एक जनाको मृत्यु
बागलुङ, १० असोज गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका – ५ धस्मरमा एक जनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको वडा सदस्य तारानाथ कँडेलले जानकारी दिनुभयो । पहिरोबाट शव उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय, ताराखोलाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।