धवलागिरि अस्पतालका नवनियुक्त अध्यक्ष शर्मा गरे पदभार ग्रहण
बागलुङ, ७ पुस धवलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्रीप्रसाद शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त शर्माले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हालेका हुन् । उनले अस्प्तालको सुधारमा सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । अध्यक्ष शर्माले अस्पतालबाट गुणस्तीय सेवा दिनुपर्ने बताए । उक्त कार्यक्रमका […]