स्ववियुद्वारा स्थापित एक करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण
बागलुङ, २४ चैत धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम मंगलबार क्याम्पसलाई हस्तान्तरण गरिएको छ। क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले शिलालेख अनावरण गर्दै रू. एक करोड नौ लाख ४१ हजार छ सय ५१ को उक्त कोषलाई औपचारिक रूपमा सार्वजनिक गरेका […]