• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

नीति तथा कार्यक्रम : तीर्थ कुटनीतिमार्फत धार्मिक क्षेत्रको प्रर्वद्धन गरिने

पोखरा, २९ वैशाख

सरकारले तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रर्वद्धन गर्ने भएको छ । आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान संचालन गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने जनाइएको छ ।

यस्तै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सिमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्द्धन गरिने जनाइएको छ ।