बागलुङ, २९ वैशाख
बागलुङ प्रहरीले गोरु काटेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ढोरपाटन नगरपालिका–३ घोसा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले घटनास्थलमा पुगेर गोरु काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ४० वर्षीय लालवीर विक, १८ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर विक, ५३ वर्षीय तिलप्रसाद सुनार, ३२ वर्षीय बलबिर कामी, ६० वर्षीय थमबहादुर सुनार, ४६ वर्षीय बिमल विक।, २२ वर्षीय बिनोद सुनार, ३० वर्षीय जालबहादुर कामी, ३७ वर्षीय भक्तबहादुर सुनार र ४० वर्षीय रिखप्रसाद सुनार रहेका छन् ।
घटनास्थलबाट गोरु काट्न प्रयोग गरिएका हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।