घाइतेको उपचारमा पर्वत समाज कतारको सहयोग
पर्वत, १७ भदौ रखबाट लडी गम्भीर घाइते भएका फलेवास नगरपालिका-१० कुर्घाका तिलबहादुर दर्जीको उपचारका लागि पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ । पोखरास्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई रू. एक लाख दुई हजार तीन सय २१ प्रदान गरिएको समाजका अध्यक्ष सन्तोष क्षेत्रीले जानकारी दिए । गत साउन ८ गते दाउरा काट्ने क्रममा रुख बाट खसेका […]