• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

गलकोटमा (माओवादी केन्द्र) को शुभकामना आदानप्रदान

बागलुङ, १० असोज

दसैँ, तिहार, छठलगायत चाडबाडका अवसरमा नेकपा (माओवादी केन्द्र), गलकोट नगर समितिले आज हटियामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल न्यूरे, प्रदेश समितिका सचिवालय सदस्य एवं जिल्ला संयोजक राजीव घिमिरेले देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक जीवनका बारेमा धारणा प्रस्तुत गरेका थिए ।

उनीहरूले ‘जेनजी’ आन्दोलनपछिको परिवर्तित परिस्थितिमा पार्टीलाई सुद्धीकरण र रूपान्तरण गर्नुपर्नेमा जोड़ दिएका थिए । कार्यक्रम पार्टीका नगर समिति अध्यक्ष गंगा भुजेलको अध्यक्षता, उपाध्यक्ष कौशिला घर्तीको स्वागत मन्तव्य र सचिव खिम साहनीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।