• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

प्रेस युनियन बागलुङको शुभकामना आदानप्रदान

बागलुङ, ८ असोज

नेपाल प्रेस युनियन बागलुङले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।पत्रकारहरुबीच सहकार्य, सद्भाव र एकता कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रेस युनियनका जिल्ला अध्यक्ष संगम घर्ती मगरले बताए ।

कार्यक्रममा प्रेस युनियनका परामर्श समिति सदस्य तथा बागलुङका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, केन्द्रीय सदस्य प्रदीप पन्त, बानपा – ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त, पूर्वअध्यक्ष रामबहादुर जिसी, मु्केशचन्द्र राजभण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संविधान र लोकतन्त्रका लागि पत्रकारहरु सधै अग्रभागमा रहने भएकाले यसको रक्षाका निम्ति थप सशक्त र सक्रिय रुपमा लाग्नुपर्ने बताए ।कार्यक्रममा जिल्लास्थित पत्रकार सम्बद्ध संघ, संगठन र विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

युनियनका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत मन्तव्य र सचिव डम्बर बुढामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।