• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

आन्दोलनमा तोडफोड भएको शिलालेख ‘जेनजी’ले बनाए

बागलुङ, ११ असोज

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएको बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित बाघको सालिकमा रहेको शिलालेख ‘जेनजी’ युवाहरुले निर्माण गरेका छन् ।

बागलुङको ऐतिहासिक चिनारी समेटिएको उक्त शिलालेख ‘जेनजी’ सदस्य र शुभेच्छुकहरुबाट आर्थिक सहयोग जुटाएर निर्माण गरिएको ‘जेनजी’ युवा शिशिर जिसीले जानकारी दिनुभयो । शिलालेख र पेटीमा ढुङ्गा बिछ्याउन झण्डै रु. ७० हजार खर्च भएको उनले बताए ।

“शिलालेख निर्माणमा लागेको सबै खर्च जेनजीहरु नै मिलेर उठाएका हौँ, केही विदेशमा रहनुभएका साथीहरुले पनि आर्थिक सहयोग गर्नुभएको छ”, उनले भने, “आन्दोलनका क्रममा टुटफुट भएको बाघको सालिकको संरचना जेनजीमार्फत नै पुनःनिर्माण गरिएको छ ।”

तुलनात्मक रुपमा बागलुङको ‘जेनजी’ आन्दोलन शान्तिपूर्ण रहेपनि प्रदर्शनकारीले बाघको सालिकमा रहेको शिलालेख फुटाएका थिए ।प्रर्दशनकारीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को जिल्ला पार्टी कार्यालयका बोर्ड, फर्निचर र कागजातमा पनि आगजनी गरेका थिए ।