बागलुङ, ६ माघ
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यलयका अनुसार विभिन्न राजनीतिक दल बाट जम्मा ११ जनाको उम्मेदवारी दर्ता भएको हो ।
नेपाली कांग्रेसका भिमबहादुर श्रीष राना, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीका चित्र प्रसाद सापकोटा, नेपाल मानबताबादी पार्टीका भक्त बहादुर बिक, मंगोल नेशनल अर्गानाइजेसन बाट गुमाकुमारी बुढा राना,नेशनल रिपब्लिक नेपाल बाट सहबिर थापा,श्रम सस्कृति पार्टी बाट लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी (माओवादी )का टेक बहादुर केसीले उम्मेदवारी दर्ता गरेको निर्वाचन क्षेत्र नंं. १ का सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद शर्माले जानकारी दिए ।
बिहान १० बजे देखि ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय राखिएको थियो । निर्धारित समय भित्रै सबै उम्मेदवारले उम्मेदवारी दर्ता गरेको शर्माले बताए ।