• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङ–२ मा १२ जनाको उम्मेदवारी दर्ता

बागलुङ, ६ माघ
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल बाट जम्मा १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले बताए ।

नेपाली कांग्रेसका टेकराज पौडेल, नेपाल कम्युनिष्ट पार्टि (एमाले)का मन्जु शर्मा, नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राप्रपाका अञ्चल शाहीले मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै जनता समाजमादी पार्टीको तर्फबाट पुर्णबहादुर घर्ती, मंगोल नेशनल अर्गानाइजेसन बाट जुन बहादुर थापा मगर, नेपाल मानबताबादी पाटीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपाल बाट नर बहादुर बुुढा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) बाट लोकेन्द्र घिमिरे, श्रम सस्कृति पार्टीबाट हर्कबहादुर पुन को उम्मेदवारी परेको क्षेत्र नं.२ को निर्वाचन कार्र्यलयले जनाएको छ ।