पुराना दलले केही गरेनन् भन्ने भाष्य गलत छ – मुख्यमन्त्री पाण्डे
बागलुङ, ७ वैशाख गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुराना राजनीतिक दलले केही गरेनन् भन्ने भाष्य गलत भएको बताएका छन् । बुधबार बागलुङ नगरपालिकाद्वारा आयोजित ‘विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष’ कार्यक्रममा उनले पुराना राजनीतिक दलकै नेतृत्वको सरकारका पालामा मुलुकमा विकासले गति लिएको बताए । “गत फागुन २१ गतेको निर्वाचनअघि मुलुकमा केही पनि भएको […]