• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

रास्वपा काठेखोलाको सभापतिमा हरि बहादुर कार्की

बागलुङ, १२ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठेखोला गाउँपालिकाको सभापतिमा हरिबहादुर कार्की चयन भएका छन् । ‘सुशासन, पारदर्शिता र जिम्मेवारी’ तथा ‘समृद्ध बागलुङ, स्वच्छ राजनीति’ को नारासहित पार्टीले गाउँपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो।

सभापति कार्की यसअघि काठेखोला गाउँपालिका रास्वपाको सदस्य थिए ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा योगनाथ कँडेल, सचिवमा भरत सापकोटा, सह–सचिवमा इमाया सार्की तथा कोषाध्यक्षमा होमबहादुर थापा निर्वाचित भएको सचिव भरत सापकोटाले जानकारी दिए ।

कार्यसमितिका सदस्यहरूमा शारदा कुँवर, केशव मल्ल, ताराप्रसाद कँडेल, मोहन सुनार र गोविन्द खत्री चयन भएका छन् । समितिमा एक महिला सदस्य पद रिक्त रहेको र पछि पदपूर्ति गरिने जनाइएको छ ।