• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङले पायो गण्डकी प्रदेश सरकारमा दुई मन्त्री

बागलु, २ वैशाख

पुनर्गठित गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्मा दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी बागलुङबाट निर्वाचित प्रदेशसभा सदस्यले सम्हालेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा गोविन्दबहादुर नेपालीलाई नियुक्त गरेका हुन् । शेरचन विसं २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट बागलुङ–२ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली नेकपा (एमाले)बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा पुगेका थिए । दुवै मन्त्रीले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको सपथ लिई पदभारसमेत ग्रहण गरिसकेका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका आठवटै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङले वन तथा वातावरण मन्त्री र रेखा गुरुङले सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रहेका छन् ।