कांग्रेस बागलुङको नियमित जिल्ला अधिवेशन मंसिर २ मा
बागलुङ, १७ कात्तिक। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको १५औँ जिल्ला अधिवेशन आगामी मंसिर २ गते हुने भएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी अधिवेशनबारे जानकारी दिइएको हो। केन्द्रीय सर्कुलरअनुसार कात्तिक १५ गते अधिवेशन गर्ने मिति तय भए पनि विशेष कारणले मंसिर २ गतेका लागि सारिएको जिल्ला संयोजक सागर छन्त्यालले जानकारी दिनुभयो। बागलुङ बजारमा हुने अधिवेशनमा […]