विश्व बैङ्कको सहयोगमा शिशुवा–खुदीखोला सडक स्तरोन्नति
पोखरा, १४ वैशाख कास्कीको पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोला जोड्ने सडक विस्तार एवं स्तरोन्नति आयोजना सम्पन्न भएको छ । शिशुवा–सिसाघाट सडकअन्तर्गत ४.१४ किमिको उक्त खण्ड नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत उक्त सडक विस्तार एवं […]