तालचोक–बेगनास सडक निर्माणमा ढिलासुस्ती, तेस्रोपटक म्याद थप
पोखरा, २५ वैशाख निर्माणमा ढिलाइ भइरहेको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने उक्त चार लेन सडक दुई वर्षभित्रमा सक्ने गरी विसं २०७९ असारमा सम्झौता भएको थियो । आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । “तेस्रोपटक म्याद […]