दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै
पोखरा, २१ कात्तिक ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बस्ने गरी बैठक तय भएको प्रदेशसभा सचिवालयले सार्वजनिक सूचनामार्फत आज जानकारी दिएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा […]