पोखरा, २९ असोज
पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरुले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् । पर्यटन क्षेत्रलाई उकास्न सबै पक्षको साझा पहल र एक्वेबद्धता चाहिनेमा उनीहरुको जोड छ ।
बुधबार पोखरामा आयोजित ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान०, गण्डकीको ३३औँ वार्षिक साधारणसभा एवं १९औँ अधिवेशनमा बोल्ने सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्ने बताएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बाढीपहिरो जस्ता विपद्बाट पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुगेको जनाउँदै तिनको पुनःनिर्माणलाई मन्त्रालयले प्राथमिकता दिने बताउनुभयो ।
“पर्यटन व्यवसायीलाई सरल र सहुलियपूर्ण कर्जा सुविधा, बजारीकरण आदिमा सहयोग पु¥याई व्यवसायलाई पुनःस्थापित गर्नुेपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न र चलायमान बनाउन मन्त्रालय टानलगायत निजी क्षेत्रका सङ्घसंस्थासँग सहकार्य गर्न तयार छ ।”
सचिव निरौलाले पर्यटनसँग सम्बन्धित विभिन्न कानुन परिमार्जन र संशोधनको तयारी अगाडि बढेकाले कानुन तर्जुमामार्फत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई थप गति दिइने बताउनुभयो ।
कानुनी अन्यौलताका कारण पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन नसकेको उल्लेख गर्दै उहाँले नीति तथा कानुन निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । सचिव निरौलाले नेपाल पर्यटन बोर्ड संस्था संस्थालाई समयसापेक्ष रुपमा पुनःसंरचनासहित रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सातवटै प्रदेशमा पर्यटन हर्ने छुट्टै विभाग गठन स्थापना गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डले मात्र सिङ्गो देशको पर्यटन क्षेत्रलाई नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको उद्देश्यले गठित पर्यटन बोर्डलाई पूर्वाधार निर्माण जस्ता अतिरिक्त कामको जिम्मेवारी दिइनु उचित नरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
उहाँले अहिलेको अवस्थामा नेपालमा पर्यटकको सङ्ख्या वृद्धिमै ध्यान दिनुपर्ने बताउनुभयो । “गुणस्तरीय पर्यटनको बहस पनि सुरु भएको छ, तर अहिलेलाई हामीले सबैखाले पर्यटक भित्राउन जोड दिनुपर्छ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “पर्यटकको आगमन बढ्दै गयो भने गुणस्तरीय पर्यटनलाई छुट्टै ढङ्गले प्रवद्र्धन गर्न सकिन्छ ।” आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि राज्यका निकाय र निजी क्षेत्रको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताउनुभयो । अहिलेको सरकारले पर्यटन विकासका लागि नयाँ सोच र योजना ल्याएकाले त्यसलाई सबै मिलेर सफल पार्नुपर्ने उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भर्खर सुरु भएको अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सके मुलुककै पर्यटन क्षेत्रले लाभ लिने धारणा राख्नुभयो । पोखराको पर्यटनमा अर्बौँको लगानी भएको जनाउँदै उहाँले सरकारले व्यवसायीको हकहित र लगानी सुरक्षाका लागि आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।
साधारणसभाका अवसरमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने व्यवसायी, पत्रकारलगायतलाई सम्मान गरिएको निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । अधिवेशनबाट तीर्थराज सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको ‘टान’ गण्डकीले जनाएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सङ्ग्रौला, सचिवमा भुपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन हुनुभएको छ । सदस्यहरुमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराम अधिकारी, शिव क्षेत्री र श्रीराम पाखरेल चयन हुनुभएको छ । दुई सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
