सिवाइसीका योजना : सदस्य विस्तारदेखि डिजिटल सेवासम्म
बागलुङ, ३१ असार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्षमा सदस्य विस्तार, डिजिटल सेवा प्रवर्द्धन, वित्तीय सहभागिता अभिवृद्धि तथा उत्पादनमूलक कर्जा विस्तारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८३/८४ का लागि तय गरिएको नीति तथा कार्यक्रम तथा वित्तीय लक्ष्य सार्वजनिक गरेको हो। […]