• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

पोखरा, २ भदौ

कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रतिवादीहरुबाट आठ वर्ष सात महिना ११ दिन कैद र रु. ३७ लाख ९६ हजार पाँच सय २० बिगो रकम असुल उपर भएको उहाँको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ । कार्यालयले गत महिना चालु मुद्दामा एक सय ८१ जनालाई पक्राउ गरिएको जनाएको छ ।

साउन महिनामा अपराधसँग सम्बन्धित एक सय ६८ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १३, आर्थिक अपराधका ५३ र अन्य अपराधसँग सम्बन्धित ८२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।