रास्वपा बागलुङको अध्यक्षमा शर्मा
बागलुङ, २३ जेठ राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा चयन भएका छन् । जिल्लाको गलकोटमा शनिबार सम्पन्न पहिलो अधिवेशनबाट शर्मा सभापतिमा चयन भएको निर्वाचन समितिका सदस्य संघीय सासंद सोम शर्माले जानकारी दिए । उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लिलबहादुर खत्री ‘बबिन’, सहसचिवमा पुष्पा आचार्य तथा कोषाध्यक्षमा डुक मल्ल सर्वसम्मत चयन भएका छन्। अन्य सदस्यहरू […]