बागलुङ, २३ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा चयन भएका छन् । जिल्लाको गलकोटमा शनिबार सम्पन्न पहिलो अधिवेशनबाट शर्मा सभापतिमा चयन भएको निर्वाचन समितिका सदस्य संघीय सासंद सोम शर्माले जानकारी दिए ।
उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लिलबहादुर खत्री ‘बबिन’, सहसचिवमा पुष्पा आचार्य तथा कोषाध्यक्षमा डुक मल्ल सर्वसम्मत चयन भएका छन्। अन्य सदस्यहरू चयन हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा शर्मासहित खिमानन्द पौडेल, ढालेन्द्र रायमाझी र मनोज खड्का आकाङ्क्षी थिए । निर्वाचन समितिले एकपक्षीय रुपमा सभापतिसहित पदाधिकारीको घोषणा गरेको भन्दै रास्वपाका कतिपय नेताले असन्तुष्टि जनाएका छन् ।
