युआरएल धौलागिरी डाइग्नोष्टिकको प्रथम साधारणसभा सम्पन्न
बागलुङ, २२ चैत्र युआरएल डाइग्नोष्टिक का अध्यक्ष ठाकुर प्रसाद पन्तले युआरएल डाइग्नोष्टिक ल्याबबाट सेवाग्राहीले सहज र गुणस्तरी सेवा प्राप्त गरिरहेको बताएका छन् । युआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिको प्रथम साधारणसभाका अवसरमा उनले गुणस्तरीय ल्याब सेवाका कारण रोग पहिचान र उपचार प्रक्रिया सहज भएको बताए। शनिबार बागलुङ बजारस्थित होटल इला कम्फर्टमा साधारण सभा सम्पन्न भएको हो । […]