जैमिनीमा माघे सङ्क्रान्तिको रौनक
बागलुङ, १ माघ माघे सङ्क्रान्ति पर्वका अवसरमा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरामा माघे सङ्क्रान्ति पर्व एवं सहारा खेलकुद महोत्सव जारी छ । महोत्सवस्थलमा बिहीबार माघे सङ्क्रान्ति पर्वको रौनक छायो । अन्य दिनको तुलनामा दर्शकको भीडभाड देखिन्थ्यो । मेलामा रमाउनेदेखि किनमेल गर्नेहरुको चहलपहल थियो । मेलामा स्थानीय कृषि उपजको प्रदर्शनी तथा बिक्रीकक्ष राखिएको छ । रमाइलो मेलाले […]