• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

‘जनपक्षीय नीति निर्माण गर्न जरुरी छ’

बागलुङ, २३ माघ

प्रतिनिधी सभा बागलुङ–२ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले जनपक्षीय नीति निर्माण गर्नुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका संयुक्त उम्मेदवार गैरेले बिहीबार ढोरपाटन नगरपालिकाको वडा नं ९ मोम्लामा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

पुराना नीति नियम जसले जनतालाई दुःख दिएको छ त्यसलाई बदलेर जनताको सेवा गर्ने नीति बनाउनु पर्ने उनको भनाइ छ । विकासका नाममा नागरिकको जीवनमाथि खेलवाड गर्न नहुने गैरेले बताए । गैरेले जनताले पाउनु पर्ने सेवा सुविधालाई प्रमुख प्राथमिकता दिनु पर्ने बताए। जनतालाई खुशी बनाएर राज्यले लाभ लिनु पर्ने उनको भनाइ छ ।

कर्यक्रममा नेकपा केन्द्रीय सदस्य निल बहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धन बहादुर अदैलगायतले बोल्दै आफ्ना उम्मेवारलाई भारी मत दिएर विजयी गराउन अपील गरेका थिए । स्थानीय खुम बहादुर विकले त्यहाँको समस्याबारे जानकारी गराएका थिए । चुनाव प्रचार समिति ढोरपाटन ९ का संयोजक मदन विकको अध्यक्षता र राजमोका थम्मन घर्तीको स्वागत र नेकपाका हेमेन्द्र घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।