सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बागलुङ, २५ मङ्सिर प्रहरीले सवारी ज्यान तथा सरकारी छाप दस्तखस्त किर्ते मुद्दाका फरार प्रतिवादी बागलुङको निसीखोला गाउँपालिका–६ का गौबहादुर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुर्तिबाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए । विकलाई २०८१ साउन २३ गते जिल्ला अदालत बागलुङले सवारी ज्यान तथा सरकारी […]