• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङ सेवा समाज कतारको अध्यक्षमा रसाइली

बागलुङ सेवा समाज, दोहा कतारको १४औँ अधिवेशनबाट समाजको अध्यक्षमा टेक रसाइली चयन हुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनले बागलुङको तमानखोला गाउँपालिका–२ घर भएका रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा बागलुङ नगरपालिका–४ का झपेन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा बडिगाड गाउँपालिका–१ का चेतन पुन, उपाध्यक्षमा काठेखोला गाउँपालिका–५ का छम परियार, बडिगाड गाउँपालिका–७ का मदन जिसी, निसीखोला गाउँपालिका–१ का हिरा विक र जैमिनी नगरपालिका–५ का कृष्ण गिरी चयन हुनुभएको छ ।

यस्तै बागलुङ नगरपालिका–१४ का सुवास पौडेल सचिव, सहसचिवमा बाबु कौशल, कृष्ण सापकोटा, कोषाध्यक्षमा दीपक चालिसे, सहकोषाध्यक्षमा विनोद आचार्य, तारी बिसी, सांस्कृतिक संयोजकमा राजन परियार चयन भएको निर्वाचन समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्यमा तोपलाल जिसी, सुनिल गौतम, श्रीप्रसाद विक, डम्मरबहादुर विक, देवबहादुर रसाइली, सकबहादुर विक, विशाल विक, ओमप्रकाश विक, विशन बिसी, पदम बिटालु, बागमती अदै मगर, गोकलु जक्तपुरी, तेजेन्द्र रसाइली, धनबहादुर रसाइली, छमबहादुर विक, रितु कुँवर र प्रकाश घिमिरे रहनुभएको छ ।

“बागलुङवासीको चाहना : शान्त र समृद्ध स्वदेशको कामना” भन्ने आदर्श वाक्यसहित सन् २००५ मा समाजको स्थापना गरिएको थियो । कतारमा रहेका बागलुङेको आपसी एकता, सद्भाव र सामाजिक सेवाका क्षेत्रमा समाज निरन्तर कृयाशील रहँदै आएको छ । समाजले एक करोड रुपैयाँको ‘कतार बहुद्देश्यीय अक्षयकोष’समेत स्थापना गरेको छ ।

कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य लिइएको छ । गत मङ्सिरमा समाज र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज अक्षयकोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा ‘बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।