• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

अवैध हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

पोखरा, २७ पुस

जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको हो ।

तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम हुने जनाइएको छ । कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।