• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

शङ्खधर सहकारीको साधारणसभामा विद्यार्थी र ज्येष्ठ नागरिक सम्मानित

बागलुङ, २७ पुस

शङ्खधर बहुमुखी सहकारी संस्था लि., बागलुङको २३औँ वार्षिक साधारणसभामा कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । छात्रातर्फ बागलुङ नगरपालिका–३ का उपासना राजभण्डारी र छात्रातर्फ बानपा–२ का बिप्सन श्रेष्ठ सम्मानित भएका हुन् । बानपा–३ का क्याट्रिना शाक्य, बानपा–४ का प्रिथा श्रेष्ठ, बानपा–३ का नशिवा श्रेष्ठ, समर्पण श्रेष्ठ र बानपा–२ का सलोनी श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीका सचिव युक्तजङ्ग राजभण्डारीले जानकारी दिए ।

सोही अवसरमा ज्येष्ठ नागरिक बानपा–२ का केदारकुमार श्रेष्ठ, सरला श्रेष्ठ, बानपा–७ का मनबहादुर श्रेष्ठ र गुल्मीको वामीको देवेन्द्रकुमार श्रेष्ठलाई सम्मान गरिएको हो । दुई हजार कित्ता सेयर पूँजी पु¥याउने बानपा–२ का सुरेन्द्रनारायण श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ र राजेश भारीलाई पनि सम्मान गरिएको सचिव राजभण्डारीले बताए । आइतबार आयोजित साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि एवं सहकारीका संरक्षक परशुराम श्रेष्ठले सहकारीमा समस्या आउन नदिने सञ्चालकसँगै सेयर सदस्य पनि सक्रिय र जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले सहकारीले सेयर सदस्यको हितमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष लालचन्द राजभण्डारी, नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा सचिव युक्तजङ्ग राजभण्डारीले सहकारीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुप्लाप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नीरज शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणले सहकारीको नयाँ सञ्चालक समिति निर्वाचित गर्ने अध्यक्ष रतनप्रसाद श्रेष्ठले बताए ।