कुश्मीसेरा-कार्कीनेटा-पोखरा बस सेवा संचालन
बागलुङ, ३० असोज जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरादेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखरासम्म बस सेवा संचालनमा आएको छ । नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी, व्यवसायीलगायतको उपस्थितिमा बिहीबार बिहान बस सेवाको शुभारम्भ गरिएको थियो । जैमिनी नगरपालिकाको पहल र पृथ्वी राजमार्ग बस संचालन प्रालि पोखरा र स्याङ्जा-गण्डकी बस संचालन प्रालिसँगको समन्वयमा बस सेवा संचालनमा […]