नागरिकलाई सेवा दिन सहर झरे गलकोटका जनप्रतिनिधि र कर्मचारी
बागलुङ, १५ भदौ देशका विभिन्न सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई बागलुङको गलकोट नगरपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो । गलकोट स्थायी घर भई पोखरामा बसोबास गरिरहेका लाभग्राहीलाई बिहीबार उक्त सेवा […]