• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

भाइटीका: लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने, लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने

 

बिहीबार (भोलि)तिहारको अन्तिम दिन अर्थात् भाइटीका । दिदीबहिनीको हातबाट दाजुभाइले टीका ग्रहण गरी यो पर्व मनाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:३९ मिनेटमा भाइटीकाको शुभ साइत रहेको छ ।

भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।