• २०८३ आश्विन २५, आइतबार
  • 2026 October 11, Sunday
  • Unicode Converter

ताराखोलामा पहिरोमा परी एक जनाको मृत्यु

बागलुङ, १० असोज

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका – ५ धस्मरमा एक जनाको मृत्यु भएको छ ।

घरमै सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको वडा सदस्य तारानाथ कँडेलले जानकारी दिनुभयो ।

पहिरोबाट शव उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय, ताराखोलाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।