लुटिएका सामग्री फिर्ता गर्न आग्रह
पोखरा, २८ भदौ जेन्जी आन्दोलनका क्रममा अवाञ्छित समूहद्वारा घुसपैठ गरी पोखरा महानगरपालिकाका विभिन्न ठाउँबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न सम्बद्ध पक्षसँग जिल्ला प्रशासन कार्यालय, कास्कीले अनुरोध गरेको छ । यही भदौ २४ गते जिल्लाका सरकारी कार्यालय, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दलका कार्यालय आदिबाट लुटपाट गरिएका हातहतियार, सञ्चार सेट, धनमाल, फर्निचर, विद्युतीय उपकरण, […]