बागलुङ, १७ असोज
नेपाली काँग्रेस बागलुङ–२ को क्षेत्रीय सभापतिमा दिपेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको हो । क्षेत्रीय कार्यसमितिको सचिवमा योगेशबहादुर भण्डारी, सह–सचिव महिला तर्फ हिमशिला खत्री कुवँर, सह–सचिव खुल्लामा राजमान बुढा निर्वाचित हुनुभएको छ ।
यस्तै बागलुङ–२ (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति वीरजङ्ग भण्डारी र (ख) मा ढालेन्द्र छन्त्याल निर्वाचित हुनुभएको छ ।