• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

रास्वपा जैमिनीको सभापतिमा राजेन्द्र शर्मा

बागलुङ, १९ असोज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगरसभापतिमा राजेन्द्र शर्मा निर्वाचित हुनुभएको छ।

सोमबार जैमिनी नगरपालिका–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा निर्वाचित हुनुभएको हो। शर्मा यसअघि रास्वपाको जैमिनी नगर तदर्थ समितिको संयोजकसमेत हुनुहुन्थ्यो।

अधिवेशनबाट उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा र सहसचिवमा सृष्टा शर्मा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य अस्मिता खड्काले जानकारी दिनुभयो ।

यस्तै, सदस्यहरूमा होमनाथ पौडेल, चिना मल्ल क्षेत्री, दलबहादुर नेपाली, खगेन्द्र रेग्मी, पवन शर्मा, ओमबहादुर थापा, तुलसी शर्मा र शान्ति विक निर्वाचित हुनुभएको छ।