• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

नियमित महाधिवेशनअन्तर्गत कांग्रेस बागलुङ–१ को सभापतिमा थापा

बागलुङ, ३१ असोज

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट बागलुङ क्षेत्र नंं. १ को सभापति केशरबहादुर थापा ‘केशव’ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत बागलुङ–१ (क) को सभापतिमा ओमबहादुर थापा र बागलुङ–१ (ख) को सभापतिमा ठगबहादुर क्षेत्री थापा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले क्षेत्र नं. १ भित्र पर्ने चार स्थानीय तहका सभापति पनि टुङ्गो लगाएको छ । बागलुङ नगरपालिकाको सभातिमा युवराज राजभण्डारी, जैमिनी नगरपालिकाको सभापतिमा वैकुण्ठ आचार्य, काठेखोला गाउँपालिकाको सभापतिमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतिमा पूर्णप्रसाद न्यौपाने चुनिनुभएको छ ।

त्यस्तै अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ मणिभद्र शर्मा, कँडेल, ज्ञानेन्द्र गौतम, पदम केसी, लक्ष्मण आचार्य, हरिबहादुर जिसी, सहदेव राजभण्डारी, सञ्जय पौडेल, मुक्तिराम सापकोटा, शिवप्रसाद आचार्य र श्रीकृष्ण पौडेल चयन हुनुभएको छ ।

खुलातर्फ महिलामा लक्षुमाया पुन, खगेश्वरी शर्मा, ज्योति केसी विष्ट र मधु अम्माई महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । समावेशीतर्फ सुमन भुसाल, खसआर्यबाट मिनबहादुर केसी, एनपी कँडेल, खसआर्य महिलामा दिपा गौतम पौडेल, जनजातितर्फ यामबहादुर थापा, डेनिस श्रीस, जनजाति महिलामा इन्द्रा थापा, दलिततर्फ चिन्तामणि दर्जी, दलित महिलातर्फ कोपिला बोहोरा, मुश्लिमतर्फ करिम दिन मियाँ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

त्यस्तै ४० वर्षमुनिका युवामा विशेष पराजुली र अरुणा शर्मा, अपाङ्गतातर्फ होमनाथ शर्मा, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित, सहिद परिवारकातर्फबाट नरबहादुर किसान, राजन चापागाईँ, विज्ञ श्रमिकतर्फ शिवप्रसाद कँडेल, कर्ण हमाल, नवयुवामार्फत सुन्दर आचार्य, सुरक्षा खड्का र अन्यमा किरण रायमाझी र राजकुमार शर्मा चयन हुनुभएको छ ।

अधिवेशनले महासमिति सदस्य पनि निर्वाचित गरेको छ । खुलातर्फ मणिभद्र शर्मा कँडेल, ज्ञानेन्द्र गौतम, पदम केसी, लक्ष्मण आचार्य, सहदेव राजभण्डारी खुला महिलातर्फ लक्षुमाया पुन, खगेश्वरी शर्मा, समावेशी महिलातर्फ कोपिला बोहोरा, इन्द्रा थापा, यामबहादुर थापा, करिम दिन मियाँ, ४० वर्ष मुनिका युवामा विशेष पराजुली र नवयुवामा सुन्दर आचार्य रहनुभएको छ ।