• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

कांग्रेस बागलुङ नगर सभापतिको दौडमा पौडेल र राजभण्डारी

बागलुङ, ७ असोज

नेपाली कांग्रेस बागलुङ नगर सभापतिका लागि वर्तमान उपसभापति नारायण पौडेल र सचिव आशिक राजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज पालिका तहको नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ ।

पौडेल र राजभण्डारी दुवैले सभापति पदमा उम्मेदवारी दिने जनाएका छन् । पौडेलले

उम्मेदवारी घोषणा गरेसँगै पौडेल अहिले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने र प्रचारप्रसारमा लागेका छन्।

पौडेलले आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँदै सर्वसम्मतका लागि हुने छलफलमा आफ्नो नाममा सहमति जुटे त्यसका लागि तयार रहेको बताएका छन्। यद्यपि, सहमति हुन नसकी निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था आए पनि आफू निर्वाचनमा सहभागी हुन तयार रहेको उनको भनाइ छ ।

वर्तमान कार्यसमितिमा सचिव रहनुभएका राजभण्डारीले आफू सभापतिका लागि योग्य उम्मेदवार भएको भन्दै आज मनोनयन दिने तयारीमा रहेको बताउनुभयो । सभापतिका दुवै आकंक्षीले आफ्नो पक्षमा समर्थन जुटाउन पहल तीव्र पारेका छन् । कांग्रेस जिल्ला नेतृत्वले सर्वसम्मत रूपमा कार्यसमिति चयनको प्रयास गरिरहेको जिल्ला सचिव हरिहर शर्माले बताउनुभयो ।