पोखरा–बागलुङ सडक मर्मत सुरु
पोखरा, ९ मङ्सिर ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रदा यात्रु र सवारीचालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम सुरु गरेको हो । […]