• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङमा जीवन शर्मा साँझ हुँदै

बागलुङ, १७ पुस

बागलुङमा आगामी माघ २४ गते जीवन शर्मा साँझ गरिने भएको छ । प्रगतिशील लेखक सङ्घ, बागलुङको आयोजनामा बुधबार सम्पन्न सर्वपक्षीय भेलाले आगामी माघ २४ गते जीवन शर्मा साँस्कृतिक साँझ गर्ने निर्णय गरेको हो । भेलाले विजय रानाको संयोजकत्वमा ४ सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय जीवन शर्मा साँझ मूल आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा भरत शर्मा ‘बागलुङे’ रहेका छन् ।

भेलाले मूल आयोजक समिति सदस्यहरुमा राजनीतिक दलका अध्यक्ष एवं सचिव, कार्यसमितिका पदाधिकारी र सदस्य, नागरिक समाज, जनप्रतिनिधि, विद्यार्थी संगठनका प्रमुख, पेशागत संगठनका प्रमुख, साहित्य र कला क्षेत्रका संगठनका प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकहरु रहने गरि मुल समिति गठन गर्ने निर्णय गरेको थियो ।

सदस्यहरुमा गणेश थापा, निर्मल श्रेष्ठ, भिमलाल पोख्रेल, जनक पौडेल, भूमिकर्ण सी, अर्जुन चोखाल, कमल पौडेल, जीवनकला खत्री, टिका संगम बिक, आश्मिन शेख, जीवन शर्मा, घनश्याम कँडेल, विष्णु अधिकारी, थम्मन थापा रहेको प्रगतिशिल लेखक संघ बागलुङका सचिव विनोद थापाले जानकारी दिए । त्यस्तै सदस्यहरुमा पूर्णपति शर्मा, विनोद थापा ‘प्रतिक’, सुरेश पुन, शर्मिला रोका, खेमराज गौतम, अनिष खाती, दिलिपप्रतेल, केशवराज क्षेत्री रहेको पूर्वअध्यक्ष तारानाथ आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव गणेश थापा, नेपाली कम्युनिष्ट पार्टीका निर्मल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, नेकपा माओवादीका टेक बहादुर केसी सी, बागलुङ नगरपालिकाका पूर्वमेयर जनक पौडेल,वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष रामथापा, अधिवक्ता लक्ष्मीबासकोटा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्षअर्जुन चोखालले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै धवलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष आश्मीन शेख, निसीखोला गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष कुविर विश्वकर्मा, युवा व्यवसायी शेखर खड्काले मन्तव्य व्यक्त गरेका थिए । प्रगतिशिल लेखक संघ बागलुङका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विनोद थापाले गरेका थिए भने कार्यक्रमबारे  पूर्वअध्यक्ष भरत बागलुङेले जानकारी गराएका थिए ।