स्कुल भ्यान दुर्घटना : छ जना घाइतेलाई पोखरा पठाइयो
बागलुङ, २९ माघ बागलुङ नगरपालिका–३ शिवधाराचोक नजिक स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ जना विद्यार्थीमध्ये छ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार अन्य घाइतेको धवलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना घाइते विद्यार्थीलाई डिस्चार्ज गरिएको उनले बताए । घाइतेको नाम नखुलेको […]