रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’
पोखरा, २४ जेठ राष्ट्रिय समाचार समिति ९रासस० गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक प्रवर्द्धन’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आज काठमाडौँमा आयोजित कार्यक्रममा रु १५ हजार ५५५ नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो । […]