प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’
पोखरा, २० असार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भएपनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो । “प्रेस जगत स्वतन्त्र हुनुपर्छ त्यसमा दुईमत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, […]