पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष कँडेल महान्यायाधिवक्तामा सिफारिस
बागलुङ, २२ चैत सरकारले अधिवक्ता डा नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, करलिमका कँडेल नेपाल पत्रकार महासङ्घ, बागलुङका पूर्वअध्यक्षसमेत हुन् । कँडेलले नेपाल ल क्याम्पसबाट स्नातक गरेका […]