प्रहरीले नागरिकमा भरोसा जगाउनुपर्छ – महानिरीक्षक कार्की
बागलुङ, १० भदौ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई चुस्त, पारदर्शी र भरोसायोग्य बनाउनुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय, बागलुङको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै मानवीय संस्थाका रूपमा प्रहरीलाई स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो । “कुनैपनि नागरिक प्रहरी कार्यालय आउँदा डर होइन भर मानेर आउने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भयमुक्त, सम्मानजनक र छिटोछरितो रूपमा […]