गलकोटको जनहित माविमा विपद् प्रतिकार्य सचेतना कार्यक्रम सम्पन्न
गल्कोट, १६ वैशाख बागलुङको गल्कोट नगरपालिका–७, मल्मस्थित श्री जनहित माध्यमिक विद्यालयमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बुधबार आयोजित उक्त कार्यक्रममा श्री कालिजंग गण, घोडाबाँधेका सहायक सेनानी खगेन्द्र चन्दको नेतृत्वमा टोलीले विद्यार्थी तथा शिक्षकहरूलाई विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्यका विषयमा प्रशिक्षण दिएको थियो। कार्यक्रममा प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सावधानी, उद्धारका आधारभूत सीप […]